पोखराबाट सल्यान जाँदै गरेको जीप दुर्घटना, २ जनाको मृत्यु
अन्नपूर्ण–४, भदौरे देउरालीनजिक थामडाँडा घुम्तीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
कास्की, चैत १८: कास्कीको अन्नपूर्ण गाउँपालिकामा आइतबार जीप दुर्घटना भएको छ।
अन्नपूर्ण–४, भदौरे देउरालीनजिक थामडाँडा घुम्तीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पोखराबाट सल्यानतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको जीप सडकबाट करिब २५० मिटर तल खसेको छ।
मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनामा १० जनाको जीवितै उद्धार गरिएको छ।
प्रकाशित मिति: १९:०१ बजे, आइतबार, चैत १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार