Kathmandu Press

मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

आज बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण प्रदेशसभा सदस्यलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो।
मुख्यमन्त्री जमकट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

मकवानपुर, चैत १८ : कांग्रेस बागमती प्रदेशले मुख्यमन्त्री शालिकराम जम्कट्टेलका विपक्षमा मतदान गर्न निर्देशन दिएको छ।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा आज बसेको कार्यसम्पादन समितिको बैठकले आफ्नो पार्टीका सम्पूर्ण प्रदेशसभा सदस्यलाई तटस्थ नबस्न र विश्वासको मतको विपक्षमा मतदान गर्न निर्देशन दिएको हो।

Hardik ivf

बैठकले मुख्यमन्त्री जम्कट्टेललाई २०७९ माघ ३ गते विश्वासको मत दिएकामा २०८० फागुन २३ मा बागमती प्रदेश सरकारबाट कांग्रेस बाहिरिएपछि प्रदेश सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएकाले विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामालाई निर्देशन दिएको हो।

बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्कट्टेलले सोमबार विश्वासको मत लिँदैछन्। केन्द्रमा सत्ता गठबन्धन परितर्वत भएसँगै प्रदेश सरकारमा सहभागी कांग्रेस समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि कट्टेलले विश्वासको मत लिन लागेका हुन्।

११० सदस्यीय प्रदेशसभामा बहुमत ल्याउनका लागि ५६ मत प्राप्त गर्नुपर्ने हुन्छ। प्रदेशसभामा कांग्रेसको ३७, एमालेको २७, माओवादी केन्द्रको २१, राप्रपाको १३, नेकपा एसको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट सिट छ।

 

प्रकाशित मिति: १८:५४ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्