Kathmandu Press

कोरोना संक्रमण : इटालीमा २४ घण्टामा ६ सय ५१ जनाको ज्यान गयो 

काठमाडौं, चैत्र १० : विश्वव्यापी महामारीका रुपमा फैलिएको  कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय युरोपियन मुलुकहरुमा बढी मात्रामा देखिए....

कोरोना संक्रमण : इटालीमा २४ घण्टामा ६ सय ५१ जनाको ज्यान गयो 

काठमाडौं, चैत्र १० : विश्वव्यापी महामारीका रुपमा फैलिएको  कोरोना भाइरसको संक्रमणको प्रभाव पछिल्लो समय युरोपियन मुलुकहरुमा बढी मात्रामा देखिएको छ ।

इटालीमा मात्र पछिल्लो २४ घण्टामा ६ सय ५१ जनाले ज्यान गुमाएका छन् । एकै दिनमा थप ६ सय ५१ जनाले ज्यान गुमाएसँगै हालसम्म इटालीमा ज्यान गुमाउनेको संख्या ५ हजार ४ सय ७६ पुगेको छ । ५९ हजार १३८ जना सङ्क्रमित छन् ।

संक्रमितमध्य ७ हजार २४ जना उपचारपछि निको भएका छन् भने ४६ हजार ६ सय ३८ जना उपचाररत छन् । चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रभाव हालसम्म विश्वका १ सय ९२ मुलुकमा फैलिएको छ भने विश्वभर ज्यान गुमाउनेको संख्या १४ हजार ६ सय १३ पुगेको छ ।
 

प्रकाशित मिति: ०६:५७ बजे, सोमबार, चैत १०, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्