कांग्रेस महाधिवेशन समयमै हुनुपर्छः डा.कोइराला
विराटनगर, फागुन १३ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १४औँ महाधिवेशन निर्धारित समयमै हुनु पर्ने बताएका छन् ।
नेपाल प्रेस....

विराटनगर, फागुन १३ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले १४औँ महाधिवेशन निर्धारित समयमै हुनु पर्ने बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङ शाखाले सोमबार बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा.कोइरालाले कांग्रेसलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने बताए ।
उनले भने, “पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो लाग्छ भने त्यसमा मेरो केही भन्नु छैन ।”
केन्द्रीय सदस्य डा.कोइरालाले सङ्गठनलाई मजबुत बनाउन १४औँ महाधिवेशनका लागि केन्द्रीय समितिले अहिलेदेखि नै अभियानमा लाग्नुपर्ने बताए ।
त्यस्तै, नेपाल विद्यार्थी संघमा भएको विवादले परिणाम राम्रो नदिने उनको भनाइ थियो । नेविसंघमा लाग्ने विद्यार्थीको उमेरको हद ३२ वर्ष रहेको र यसलाई बढाउने वा नबढाउने विषयमा छलफल भइरहेको बताए ।
उनले न्यायपालिकालाई निरीह हुन नदिन र शान्तिसुरक्षालाई कसिलो बनाउन सरकार गम्भीर बन्नु पर्ने बताए ।











