Kathmandu Press

समावेशिता र समानुपातिक निर्वाचन प्रणालीमा कुनै पार्टीले बहुमत ल्याउन सक्दैन : देउवा

नेपाली कांग्रेस देशको लागि लडेको पार्टी, आपसी एकताको कमीका बाबजुद देशको ठूलो पार्टी बनेको छ। बहुमत प्राप्त गर्न सकेको छैन। यो बेला बहुमत प्राप्त गर्न गाह्रो पनि छ। नेपालको संविधान समावेशिता र समानुपातिक रुपमा निर्माण भएका कारण बहुमत ल्याउन सक्ने स्थिति छैन।’
समावेशिता र समानुपातिक निर्वाचन प्रणालीमा कुनै पार्टीले बहुमत ल्याउन सक्दैन : देउवा

काठमाडौं, चैत १८ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समावेशिता र समानुपातिक निर्वाचन प्रणालीमा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने बताएका छन्। 

आफ्नो पार्टीनिकट नेपाल महिला संघद्धारा आइतबार राजधानीमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै सभापति देउवाले समावेशी र समानुपातिक प्रणालीका आधारमा संविधानमा व्यवस्था भएको हुनाले बहुमत कुनै एउटा पार्टीले ल्याउन गाह्रो रहेको बताएका हुन्। 

Hardik ivf

उनले भने, ‘नेपाली कांग्रेस देशको लागि लडेको पार्टी, आपसी एकताको कमीका बाबजुद देशको ठूलो पार्टी बनेको छ। बहुमत प्राप्त गर्न सकेको छैन। यो बेला बहुमत प्राप्त गर्न गाह्रो पनि छ। नेपालको संविधान समावेशिता र समानुपातिक रुपमा निर्माण भएका कारण बहुमत ल्याउन सक्ने स्थिति छैन।’

कांग्रेस महिला सशक्तिकरणका लागि लडेको पार्टी भएका कारण महिला नेतृहरु क्रियाशील भएमा बहुमत ल्याउन सकिने उनले विश्वास दिलाए। 

त्यस्तै, पूर्वप्रधानमन्त्री देउवाले समावेशिता र लैंगिकताका आधारमा नेपालको संविधान विश्वमै उत्कृष्ट रहेको उल्लेख गरे।  उनले भने, ‘नेपालको संविधान महिला, दलित, जनजाति र पिछडिएका वर्गलाई समेत सम्मान गरि समावेशिताका आधारमा तयार गरिएको छ। जसकारण नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो।’ 
 

प्रकाशित मिति: १७:१८ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्