Kathmandu Press

पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला जाँदै 

पूर्वराजा शाह जुम्ला जाने र खलंगामा उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम समेत रहेकाे शाहीले बताए। 
पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला जाँदै 

काठमाडौं, चैत १८ : पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला भ्रमणमा जाने भएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले पत्रकार सम्मेलन गर्दै पूर्वराजाको भ्रमण कार्यक्रम सार्वजनिक गरेका हुन्।

पूर्वराजा शाह जुम्ला जाने र खलंगामा उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम समेत रहेकाे शाहीले बताए। उनले भने, ‘यही चैत्र २४ गते ज्ञानेन्द्र शाह जुम्ला जाँदै हुनुन्छ। जुम्लामा चन्दना भैरवको दर्शनसँगै नागरिक अभिनन्दन समारोह जुम्लामा हुने छ। नागरिक मूल आयोजक समितिमा कुनै पनि पार्टी पंक्ति छैन।

Hardik ivf

सर्वदलीय बैठकबाट सबै दलबाट सबैको उपस्थितिका लागि राजा सबको साझा हुन्छ। चाहे पूर्व होस चाहे वर्तमान राजा कुनै दलको हुँदैन।’ उनले राजा ल्याउने राप्रपाको एजेन्डा भएकाले ‘राजा’ भन्न कुनै हिच्किचाहट नभएको भन्दै पूर्वराजा नभइ राजा भनेर सम्बोधन गरे।  

उनले भने,‘राजा भनेको शक्ति र सत्ता होइन, आस्था म राप्रपाको प्रवक्ता हो। राप्रपाले संवैधानिक राजसंस्थाको वकालत गर्छ। राजा ल्याउने राप्रपाको एजेन्डा हो। त्यसैले राजा भन्न मलाई कुनै हिच्किचाहट छैन। दोस्रो, राजा कहिले पनि पूर्व हुँदैन। पूर्वराजा उहाँ हो भने वर्तमान राजा देखाइदिनुप¥यो। राजा भनेको शक्ति र सत्ता होइन, आस्था हो। अहिले देश अभिभावकविहीन भएको छ।’
 

प्रकाशित मिति: १७:०६ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्