Kathmandu Press

विद्यालय शिक्षा सुधार्न दलीयकरण र राजनीतीकरण रोक्नुपर्छ : गगन थापा

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको दशौं स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले विद्यालय व्यवस्थापन समिति गठनदेखि शिक्षकका ट्रेड युनियनहरुलाई रोक्न आवश्यक रहेको बताए। 
विद्यालय शिक्षा सुधार्न दलीयकरण र राजनीतीकरण रोक्नुपर्छ : गगन थापा

काठमाडौं, चैत १८ : नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विद्यालय शिक्षा सुधार गर्नका लागि दलीयकरण तथा राजनीतिकरण रोक्नुपर्ने बताएका छन्। 

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको दशौं स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले विद्यालय व्यवस्थापन समिति गठनदेखि शिक्षकका ट्रेड युनियनहरुलाई रोक्न आवश्यक रहेको बताए। 

Hardik ivf

उनले भने, ‘जहाँसम्म विद्यालय शिक्षा सुधारको कुरामा दलीयकरण र राजनीतिकरण रोक्न आवश्यक छ, यसका लागि छलफल गर्न आवश्यक छ। गरिब परिवारका विद्यार्थीका अभिभावकहरुले विद्यालयमा खासै चासो राख्दैनन्। यो पनि त राजनीतिकै कमजोरीको कारण हो।’

समाजमा भइरहेका अन्य विकास निर्माणका काम खबरदारी गर्न आउने अभिभावकलाई विद्यालयसम्म आउन राजनीतिले रोकेको थापाको भनाइ छ। त्यस्तै, उनले सरकारले विद्यालय शिक्षा निःशुल्क गरेपछि अतिरिक्त स्रोत व्यवस्थापनको ढोका खोलिदिनुपर्ने उल्लेख गरे। 

सार्वजनिक तथा सामुदायिक विद्यालयलाई स्थानीय सरकारले नजिकबाट चिन्न सक्ने भएकाले विद्यालय शिक्षा सुधारको अभिभारा उसलाई नै दिनुपर्ने उनले बताए। उनले भने, ‘स्थानीय सरकार नजिक भएकाले विद्यालयलाई नजिकबाट चिन्छ। सिकाइलाई नजिकबाट चिन्छ। संघले सरुवा बढुवा गर्ने काम गर्छ। त्यो त जस्ले पनि गरिहाल्छ नि।’

प्रकाशित मिति: १७:०३ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्