Kathmandu Press

सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक : मन्त्री बस्नेत

उनले सौर्य ऊर्जाको प्रवर्द्धनसहित ऊर्जा पहुँच बढाउन र ऊर्जा सुरक्षालाई सुनिश्चित गर्नका लागि  सौर्य गठबन्धन  गठन भएको तथा संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरु यसका आबद्ध रहेको जानकारी दिए।
सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक : मन्त्री बस्नेत

काठमाडाैं, चैत १८ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धनको स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावको छलफलका क्रममा मन्त्री बस्नेतले नेपालमा ऊर्जाको माग र खपत वर्षभरि नै लगभग समान रहेपनि जलविद्युत् उत्पादन भने वर्षायाममा बढ्ने र सुक्खायाममा घट्ने भएकाले सौर्य ऊर्जालाई प्राथमिकतामा राख्न आवश्यक रहेको बताएका हुन्।

Hardik ivf

उनले सौर्य ऊर्जाको प्रवर्द्धनसहित ऊर्जा पहुँच बढाउन र ऊर्जा सुरक्षालाई सुनिश्चित गर्नका लागि  सौर्य गठबन्धन  गठन भएको तथा संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरु यसका आबद्ध रहेको जानकारी दिए। उक्त सम्झौतामा एक सय १८ देशले हस्ताक्षर गरिसकेको र ९७ देशले स्वीकृत नै गरिसकेको ऊर्जामन्त्री बस्नेतले जानकारी दिए।

जलवायु परिवर्तनका चुनौतीसँग जुध्नका लागि स्वच्छ ऊर्जा प्रयोगमा जोड दिने तथा ऊर्जा सुरक्षालाई प्रभावकारीरुपमा अगाडि बढाउने प्रतिबद्धताका लागि नेपालले यो सम्झौतापत्रमा हस्ताक्षर गरेको उनको भनाइ छ।

बैठकमा सांसदहरुले सौर्य ऊर्जाका क्षेत्रमा ठूलो वैदेशिक लगानी भित्र्याउन सकिने सम्भावना रहेको भन्दै यसको आवश्यकता बढि रहेको धारणा राखेका थिए।

प्रकाशित मिति: १६:५६ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्