Kathmandu Press

स्वास्थ्य उपकरणमा करिब ३ करोड भ्रष्टाचारकाे दाबी गर्दै अदालतमा मुद्दा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानविनपछि कोरोना कालमा स्वास्थ्य उपकरण खरिदमा दुई करोड ८९ लाख रुपैयाँ विगो भ्रष्टाचार भएको दाबी अभियोगपत्रमा गरिएको छ।
स्वास्थ्य उपकरणमा करिब ३ करोड भ्रष्टाचारकाे दाबी गर्दै अदालतमा मुद्दा 

काठमाडौं, चैत १८ : मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको अभियोगमा मेडिकल व्यवसायी विशाल पण्डितलगायत सात जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनपछि कोरोना कालमा स्वास्थ्य उपकरण खरिदमा दुई करोड ८९ लाख रुपैयाँ विगो भ्रष्टाचार भएको दाबी अभियोगपत्रमा गरिएको छ।

अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कुशल दाहाल, चन्द्रदेव मेहतासहित सातजनामाथि कारबाहीका लागि मुद्दा दायर गरेको हो।

कोशी प्रादेशिक अस्पतालमा कोरोना महामारीका बेलामा स्वास्थ्य उपकरण खरिदका क्रममा भ्रष्टाचार भएको दाबीसहित उनीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरुप हदैसम्मको सजाय तोक्न अदालत समक्ष माग गरिएको छ। 
 

प्रकाशित मिति: १५:३७ बजे, आइतबार, चैत १८, २०८०