मन्त्री बस्नेतले संसदमा पेस गरे आइएसए स्थापनासम्बन्धी सम्झौता
आइतबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानामगरले अनुमति दिएपछि मन्त्री बस्नेतले उक्त सम्झौता छलफलका लागि सभामा प्रस्तुत गरेका हुन्।
काठमाडौं, चैत १८ : उर्जा, जलस्रोत तथा सिचाईंमन्त्री शक्ति बहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) स्थापना सम्बन्धी सम्झौता छलफलका लागि प्रतिनिधि सभामा प्रस्तुत गरेका छन्।
आइतबारको प्रतिनिधि सभा बैठकमा उपसभामुख इन्दिरा रानामगरले अनुमति दिएपछि मन्त्री बस्नेतले उक्त सम्झौता छलफलका लागि सभामा प्रस्तुत गरेका हुन्। सन् २०१५ मा भारत र फ्रान्सले स्थापना गरेको यो गठबन्धन सौर्य स्रोतमा धनी देशहरुको गठबन्धन हो।
सदनमा सम्झौतासम्बन्धीको प्रस्ताव पेस गर्दै मन्त्री बस्नेतले कर्कट रेखा र मकर रेखाको बीचमा पूर्ण वा आंशिक रुपमा पर्ने सौर्य ऊर्जा स्रोतमा धनी राष्ट्रहरुलाई तिनका जनतालाई सौर्य ऊर्जाले प्रदान गर्ने समृद्धि, ऊर्जा सुरक्षा र दिगो विकासमा पु¥याउने अवसर उपयोग गर्ने यो गठबन्धनको उद्देश्य रहेको उल्लेख गरे।
प्रकाशित मिति: १५:३० बजे, आइतबार, चैत १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1755255383.jpg)