मिथ्या आरोपका भरमा गृहमन्त्रीको छानबिन गर्न संसदीय छानबिन समिति बनाउन सकिन्न : सन्तोष परियार
आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले देशको प्रमुख पार्टीहरुमध्येको शीर्ष नेतालाई सहकारी प्रकरणमा मित्था आरोप लगाइएको भन्दै यसका आधारमा संसदीय छानबिन समिति गठन गर्न नसकिने बताएका हुन्।
काठमाडाैं, चैत १८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले मिथ्या आरोपका भरमा गृहमन्त्रीको छानबिनका लागि संसदीय छानबिन समिति गठन गर्न नसकिने बताएका छन्।
आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै परियारले देशको प्रमुख पार्टीहरुमध्येको शीर्ष नेतालाई सहकारी प्रकरणमा मित्था आरोप लगाइएको भन्दै यसका आधारमा संसदीय छानबिन समिति गठन गर्न नसकिने बताएका हुन्।
यस विषयमा प्रधानमन्त्रीले नै संसदमा स्पष्ट पारेको र स्वयं उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पनि यस बिषयमा स्पष्ट पार्न तयार रहेको उहाले बताए।
मित्था आरोपकै भरमा कसैको राजनीतिक सांस्कृतिक अधिकारलाई संकुचित गर्न नहुने उनको भनाइ छ। परियारले कांग्रेससंग निरन्तर सम्वादमा बसेर संसदमा भएको विरोधलाई टुङ्गोमा पुराउने जिकिर गरे।
प्रकाशित मिति: १५:२३ बजे, आइतबार, चैत १८, २०८०
थप समाचार






