अकुत सम्पत्ति अनुसन्धानमा विकल र सुनिललाई २१ दिन थुना अनुमति
यसअघि उनीहरुमध्ये विकल पौडेलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार र सुनिल पौडेलमाथि पेमेन्ट गेट–वे भ्रष्टाचार प्रकरणमा मुद्दा चलेको छ।
काठमाडौं, चैत १८ : गैरकानुनी सम्पत्तिआर्जन (अकुत) को उजुरीका आधारमा अख्तियारद्वारा पक्राउ परेका विकल पौडेल र सुनिल पौडेललाई विशेष अदालतले थप २१ दिन थुनामा राख्न अनुमति दिएको छ।
यसअघि उनीहरुमध्ये विकल पौडेलमाथि सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा भ्रष्टाचार र सुनिल पौडेलमाथि पेमेन्ट गेट–वे भ्रष्टाचार प्रकरणमा मुद्दा चलेको छ।
अख्तियारले नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल गत माघ १० गते पक्राउ गरेको थियो।
माघ ११ गते यता अनुसन्धानका लागि म्याद थप गर्दै अख्तियारले हिरासतमा राख्दै आएको छ। यसअघि विशेष अदालतले ७ दिन र १० दिन गरी दुईपल्ट थुना म्याद थप गरे पनि पछिल्लोपल्ट २१ दिनको अनुमती दिएको हो।
प्रकाशित मिति: १५:२० बजे, आइतबार, चैत १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार