Kathmandu Press

गृहमन्त्रीविरुद्ध छानबिनका लागि संसदीय छानबिन समिति गठनको औचित्य स्थापित गर्ने कांग्रेसकाे निर्णय

आइतबार काठमाडौंमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सदनमा गृहमन्त्रीविरुद्ध छानबिनका लािग संसदीय छानबिन समिति गठन अडान दृढतापूर्वक राख्दै सदनबाटै यसको औचित्य स्थापीत गर्ने निर्णय गरेको कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए।
गृहमन्त्रीविरुद्ध छानबिनका लागि संसदीय छानबिन समिति गठनको औचित्य स्थापित गर्ने कांग्रेसकाे निर्णय

काठमाडौं, चैत १८ : नेपाली कांग्रेसले सदनबाटै गृहमन्त्रीविरुद्ध छानबिनका लागि संसदीय छानबिन समिति गठनको औचित्य स्थापीत गर्ने निर्णय गरेको छ।

आइतबार काठमाडौंमा बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सदनमा गृहमन्त्रीविरुद्ध छानबिनका लािग संसदीय छानबिन समिति गठन अडान दृढतापूर्वक राख्दै सदनबाटै यसको औचित्य स्थापीत गर्ने निर्णय गरेको कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए।

Hardik ivf

सरकारबाट कांग्रेसका मागहरुका बिषयमा वेवास्ता भए संसद चल्न नदिने अवस्था आउन सक्ने र त्यसको जिम्मेवार सरकार हुने निचोड बैठकले निकालेको उनले बताए।

यसैबीच कांग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठकमा उपनिर्वाचनका साथै पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा छलफल हुने नेताहरुले जनाएका छन्। 

प्रकाशित मिति: १५:१४ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्