वीरगंजका शिवको कोरोना टेष्टको रिपोर्ट नेगेटिभ
काठमाडौं, चैत ९ : वीरगन्जमा शिवकुमार रूङगटाको कोरोनाको रिपोर्ट नेगेटिभ भएको अस्पतालले जनाएको छ।
पटनामा उनको स्वाब परीक्षण गर्दा कोरोना....

काठमाडौं, चैत ९ : वीरगन्जमा शिवकुमार रूङगटाको कोरोनाको रिपोर्ट नेगेटिभ भएको अस्पतालले जनाएको छ।
पटनामा उनको स्वाब परीक्षण गर्दा कोरोनाको रिपोर्ट नेगेटिभ आएको हो। यसअघि शिवका भतिज पर्ने जगदम्बा इन्टरपाइजेजका कार्यकारी निर्देशक एवं कांग्रेस नेता अनिल रूङगटाले कोरोना भएको जानकारी उनका परिवारले आफुलाई दिएको काठमाडौं प्रेसलाई बताएका थिए । आइतबारसाँझ आएको शिवको कोरोना परिक्षणको रिपोर्टमा नेगेटिभ आएको हो।
पर्सा क्षेत्र नम्वर १ का सांसद प्रदिप यादवले पनि शिवलाई कोरोना लागेको जानकारी यसअघि गराएका थिए।

प्रकाशित मिति: २२:५८ बजे, आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार











