कर्णालीका मुख्यमन्त्री शर्माले मंगलबार विश्वासको मत लिने
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि अल्पमतकमा परेका शर्माले विश्वासको मत लिन लागेका हुन्।
काठमाडौं, चैत १८ : कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने भएका छन्।
शर्माले मंगलबार विश्वासको मत लिने भनेर प्रदेशसभा सचिवालयलाई जानकारी गराइसकेको उनका प्रेस सल्लाहकार प्रतीक इच्छुक शर्माले जानकारी दिएका छन्।
केन्द्रमा सत्ता समीकरण फेरिएसँगै कांग्रेसले विश्वासको मत फिर्ता लिएपछि अल्पमतकमा परेका शर्माले विश्वासको मत लिन लागेका हुन्। कर्णाली प्रदेश सभामा ४० सदस्यीय छ। जसमानेपाली कांग्रेसका १५ र राप्रपाका एक सांसद छन्। बहुमतका लागि कम्तीमा २१ सांसद आवश्यक पर्छ।
गठबन्धनमा रहेका दल माओवादी केन्द्रका १३, एमालेका १० र एकीकृत समाजवादीको १ गरी २४ जना छन्।
प्रकाशित मिति: १४:४७ बजे, आइतबार, चैत १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार