Kathmandu Press

कांग्रेसले मंगलबारका लागि बोलायो केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक

मुख्य सचिव  कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै कार्य सम्पादन समितिको बैठकबारे जानकारी गराएका हुन्।
कांग्रेसले मंगलबारका लागि बोलायो केन्द्रीय कार्यसम्पादन समितिकाे बैठक

काठमाडौं, चैत १८ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार चयनलगायतका विषयमा छलफल गर्न चैत्र २० गते मंगलबारका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। 

मुख्य सचिव  कृष्णप्रसाद पौडेलले आइतबार एक विज्ञप्ति जारी गर्दै कार्य सम्पादन समितिको बैठकबारे जानकारी गराएका हुन्। ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८० चैत्र २० गते मंगलबार दिउँसो २ः०० बजे सभापति श्री शेरबहादुर देउवाको निजी निवास, बुढानिलकण्ठमा बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।

Hardik ivf

आउँदो बैशाख १५ गते इलाम २ मा प्रतिनिधि सभा सदस्य र बझाङ १ मा प्रदेश सभा सदस्य चयनका लागि उपनिर्वाचनको मिति तय भएपनि कांग्रेसले आफ्नो उम्मेदवार चयन गर्न सकेको छैन्। अन्य प्रतिस्पर्धी दलहरुले उम्मेदवार टुङ्ग्याएर चुनावी अभियानमा जुटेपनि कांग्रेसले उम्मेदवार चयन गर्न सकेको छैन्। 

इलाम २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएको थियो। त्यस्तै, गत असार २५ गते सुदूरपश्चिम प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि बझाङ १ को प्रदेश सभा सदस्य पद रिक्त भएको हो। 
 

प्रकाशित मिति: १४:२४ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्