Kathmandu Press

संविधानले निर्देश गरेका कानुन बनाउन सबै दल एक ठाउँमा उभिनुपर्छ : देवेन्द्र पौडेल

संविधानले निर्देश गरेका कानुन बनाउन सबै दल एक ठाउँमा उभिनुपर्छ : देवेन्द्र पौडेल

काठमाडौं, चैत १८ : नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले संविधानले निर्देश गरेका कानुनहरु बनाउने सवालमा सबै दललाई एक ठाउँमा उभिन आग्रह गरेका छन्। 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा विषेश समयमा बोल्दै उनले दलका प्रतिनिधिहरु सदनभित्र बस्दा जुन–जुन खण्डमा गएर बसेपनि कानुनहरु बनाउने सवालमा सबै एक ठाउँमा उभिन आवश्यक रहेको बताए। 

Hardik ivf

उनले भने,‘टीआरसीसँग सम्बन्धित कानुन बनेको छैन्। हामी दलका प्रतिनिधिहरु यही सदनभित्र बस्दा कहिले कुन खण्डमा गएर बस्छौं कहिले कुन खण्डमा बस्छौं। तर संविधानले निर्दिष्ट गरेका कतिपय कानुनहरु बनाउने प्रसंगमा हामी सबै एक ठाउँमा हुन आवश्यक छ।’

उनले शान्ति प्रक्रियासँग सम्बन्धित कानुन खासगरी सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता सम्बन्धी आयोगको विषय पनि अल्झिएर बसेको भन्दै त्यसलाई छिटै टुङग्याउनु आवश्यक रहेको पनि बताए। 

प्रकाशित मिति: १३:४४ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्