युद्धग्रस्त क्षेत्र र देशमा श्रमिक नपठाउन सांसद रमा कोइरालाकाे माग
आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले युद्धग्रस्त क्षेत्र र देशमा श्रमिक पठाउने काम बन्द गर्न उनले सरकारको ध्यानाकर्षण गएकी हुन्।
काठमाडौं, चैत १८ : नेपाली कांग्रेसकी सांसद रमा कोइराला पौड्यालले युद्धग्रस्त क्षेत्र र देशमा श्रमिक पठाउने काम बन्द गर्न माग गरेकी छन्।
आइतबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले युद्धग्रस्त क्षेत्र र देशमा श्रमिक पठाउने काम बन्द गर्न उनले सरकारको ध्यानाकर्षण गएकी हुन्।
'रूस र युक्रेनको युद्धका कारणबाट हाम्रा युवाहरु मृत्युवरण गरिरहेको कुरा छिपको छैन। ती सेनामा रहेका युवाहरु फर्काइदेउ भनेर रोदन गरिरहेका छन्,' उनले भनिन्, 'श्रम मन्त्रालयबाट रोजगारीका लागि जान छुट दिएको कुरा आएको छ। सरकारले के गर्न खोजेको हो? यस्तो कार्य बन्द गर्नुपर्छ।’
प्रकाशित मिति: १३:४० बजे, आइतबार, चैत १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार