Kathmandu Press

सुदूरपश्चिममा नयाँ सत्ता गठबन्धनअनुरूप सरकार बनाउने माओवादी संसदीय दलकाे निर्णय

आज बसेकाे संसदीय दलको बैठकले केन्द्रमा तयार भएको एमाले माओवादीसहितको गठबन्धनको सरकार सुदूरपश्चिममा पनि बनाउन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
सुदूरपश्चिममा नयाँ सत्ता गठबन्धनअनुरूप सरकार बनाउने माओवादी संसदीय दलकाे निर्णय

कैलाली, चैत १८ : माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलले केन्द्र नयाँ सत्ता गठबन्धनअनुरूप सरकार बनाउन अघि बढ्ने निर्णय गरेको छ।

आज बसेकाे माओवादी संसदीय दलको बैठकले केन्द्रमा तयार भएको एमाले माओवादीसहितको गठबन्धनको सरकार सुदूरपश्चिममा पनि बनाउन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

Hardik ivf

उपमहासचिव तथा प्रदेश इन्चार्ज गिरिराजमणि पोख्रेल, सहइन्चार्ज विना मगर, प्रदेश अध्यक्ष हरि चौधरी उत्सव सहितकाे बैठकमा खगराज भट्ट बाहेकका सबै प्रदेशसभा सदस्यहरू उपस्थित थिए। सुदूरपश्चिममा माओवादी केन्द्र गठबन्धनको सबै भन्दा ठुलो दल हाे । यहाँ उक्त पार्टीका सांसद संख्या ११ छ।

बैठकमा सहभागी एक सांसदले केही बेरमा विज्ञप्ति जारी गरेर नयाँ सत्ता गठबन्धनको सरकार बनाउने विषयमा आह्वान गर्ने तयारी भइरहेकाे बताए।

माओवादी केन्दै र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाह अल्पमतमा परेका छन्। उनले २२ गतेभित्र उनले विश्वासको मत लिनुपर्ने छ। सुदूरपश्चिममा कांग्रेसका १८ र नागरिक उन्मुक्ति पार्टी (नाउपा) का सात सांसद छन्।

प्रकाशित मिति: १३:३१ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्