Kathmandu Press

‘२० हजार ट्रकले काम पाउन छाड्दा ४० हजार जनाको रोजगारी खतरामा’

सांसद पन्तले भारतबाट मापदण्डभन्दा ठुला र गह्रुंगाा ट्रकहरुको आयातले सडकको बजेट समेत बढाएको उल्लेख गरे। 
‘२० हजार ट्रकले काम पाउन छाड्दा ४० हजार जनाको रोजगारी खतरामा’

काठमाडौं, चैत १८ : एमाले सांसद रघुजी पन्तले नेपालमा मालवाहक ट्रक बिक्री हुन छाडेको भन्दै हजारौं नागरिकको रोजगारी धरापमा परेको बताएका छन्। 

आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद उनले नेपालमा २० हजार ट्रकले काम नपाउँदा ४० हजारभन्दा बढी व्यक्तिले काम पाउन छाडेको बताए।

Hardik ivf

‘नेपालमा गाडीहरुमध्ये ट्रक विक्री हुन छाडेको छ। जुन मात्रामा पहिले ट्रक बिक्री हुन्थ्यो अहिले त्यस्तो छैन। नेपालमा लगभग २० हजार ट्रक  छन्। यसरी २० हजार ट्रकले काम पाउन छाड्दा कन्डक्टर र ड्राइभर गरि ४० हजार जनाको रोजगारी खतरामा छ।’

सांसद पन्तले भारतबाट मापदण्डभन्दा ठुला र गह्रुंगाा ट्रकहरुको आयातले सडकको बजेट समेत बढाएको उल्लेख गरे। 
उनले नेपाली ट्रकहरुलाई भारतमा प्रवेश समेत नपाइने अवस्थामा भारतीय ट्रकहरु नेपालमा निर्वाद रुपमा व्यापार गर्न कति उपयुक्त हुन्छ भन्दै प्रश्न समेत गरे। 

प्रकाशित मिति: १३:१८ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्