Kathmandu Press

आफूले इजाजत लिएर बाेकेको हतियारको पछि राज्य लागेको छ : दुर्गा प्रसाईं

२० दिन दिल्ली बसेर फर्कने क्रममा आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले त्यस्तो बताएका हुन्।
आफूले इजाजत लिएर बाेकेको हतियारको पछि राज्य लागेको छ : दुर्गा प्रसाईं

काठमाडौं, चैत १८ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूले इजाजत लिएर बाकेको हतियारको पछि राज्य लागेको बताएका छन्।

२० दिन दिल्ली बसेर फर्कने क्रममा आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले त्यस्तो बताएका हुन्। आफूले लिएको लाइसेन्समा हतियार देशभर जहाँ पनि लैजान पाइने स्पष्ट लेखिएको बताए। सर्वोच्च अदालतको गेटमा चेकजाँच गर्ने क्रममा आफ्ना अंगरक्षकबाट हतियारसँगै पैसा समेत लगिएको प्रसाईंले आरोप लगाए।

Hardik ivf

उनले सर्वोच्च अदालतले बिएन्डसी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिने फैसलाले न्याय दिएको बताएका छन्। मेडिकल कलेजले सम्बन्धन पाएपछि बैंकको ऋण तिर्ने बताए। ‘हामीले जनताको पैसा लगेर मेडिकल कलेज बनायौं, हामीलाई १३ वर्षदेखि रुवाएर राखेको थियो,’ उनले भने, ‘सर्वोच्च अदालतले सम्बन्धन दिने आदेश गरेर न्याय मरेको छैन भन्ने प्रमाणित भएको छ।’ 

‘सम्बन्धन उपहारमा पाइएको होइन, संघर्षको फल हो। अब बैंकको पैसा तिर्छु। तर मैले बैंकको पैसा तिर्दिनँ कहिल्यै भनेको छैन। सात प्रतिशतको ब्याज किन १७ प्रतिशत बनाएको बताए ।’ प्रसाईंले भने। प्रसाईंले आफूलाई पक्राउ गरे पनि डर नभएको भन्दै पक्राउ गर्न चेतावनी दिए ।

प्रकाशित मिति: १३:०९ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्