त्रिविको उत्तरपुस्तिका हराएको विषयमा सरकारकाे ध्यानाकर्षण
आइतबार प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले उत्तरपुस्तिका हराएको विषयमा लापरबाही गर्नेलाई तुरुन्त कारबाही गर्न माग पनि गरिन्।
काठमाडौं, चैत १८ : एमाले सांसद विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको विषयमा सरकारकाे ध्यानाकर्षण गरेकी छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बाेल्दै उनले उत्तरपुस्तिका हराएको विषयमा लापरबाही गर्नेलाई तुरुन्त कारबाही गर्न माग पनि गरिन्।
गत वैशाखमा भएको जनसंख्या र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीको नतिजा आउनुपर्नेमा पुनः परीक्षा दिनुपर्ने सूचना प्रकाशन भएको बताइन्।
उनले १८३ परीक्षार्थीको उत्तरपुस्तिका हराएको विषयले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताइन्।
प्रकाशित मिति: १२:५१ बजे, आइतबार, चैत १८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार