Kathmandu Press

महालेखा परीक्षकमा ताेयम राया सिफारिस

संवैधानिक परिषदको बसेको बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गरिएको परिषदकी सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन्।
महालेखा परीक्षकमा ताेयम राया सिफारिस

काठमाडौं, चैत १८ : सरकारले महालेखा परीक्षकमा तोयम रायालाई नियुक्तिका लागि सिफारिस गरेको छ।

संवैधानिक परिषदको आइतबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले रायलाई ६ वर्षे कार्यकालका लागि महालेखापरीक्षकमा नियुक्त गरिएको परिषदकी सदस्यसमेत रहेकी उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन्।

Hardik ivf

महालेखा परीक्षकसहित संवैधानिक पदहरूमा नियुक्तिबारे छलफल आइतबार विहान संवैधानिक परिषद्को बैठक बसेको थियो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले रायालाई महालेखा परीक्षक नियुक्तिका लागि प्रस्ताव गरेका थिए । परिषद्को बैठकले रायलाई महालेखा परीक्षक नियुक्तिका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्नेछ।

लेखा पृष्ठभूमिका राय हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमातहतको राष्ट्रिय तथ्यांक कार्यालयका सचिव हुन् । महालेखा परीक्षकका लागि राय र शिशिर ढुंगानाको चर्चा भइरहेको थियो।

प्रकाशित मिति: ११:२० बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्