Kathmandu Press

बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरू

प्रधानमन्त्री पुष्पकमल दाहालले महालेखा परीक्षकसहित रिक्त संवैधानिक पदमा नियुक्ति गर्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।
बालुवाटारमा संवैधानिक परिषद्को बैठक सुरू

काठमाडौं, चैत १८ : संवैधानिक परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ।

प्रधानमन्त्री पुष्पकमल दाहालले महालेखा परीक्षकसहित रिक्त संवैधानिक पदमा नियुक्ति गर्ने विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।

Hardik ivf

दाहाल प्रधानमन्त्री भएपछि पहिलो पटक परिषद्को बैठक बसेको हो। बैठकअघि प्रधानमन्त्री दाहालले शनिबार बेलुका विपक्षी दलका नेता शेरबहादुर देउवासँग समेत परामर्श गरेका थिए।

प्रधानमन्त्रीको नेतृत्वमा हुने संवैधानिक परिषद्मा प्रमुख विपक्षी दलको नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था रहेको छ। संवैधानिक पदहरूमा नियुक्तिका लागि उपयुक्त व्यक्ति छनोट गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने परिषद्को कार्याधिकार रहेको छ।

नेपालको संविधान २०७२ अनुसार १३ वटा संवैधानिक निकायहरू रहेका छन्। त्यसमध्ये महालेखा परीक्षकसहित निर्वाचन आयोग र प्राकृतिक श्रोत तथा वित्त आयोगमा एक–एक सदस्यहरू रिक्त रहेका छन्।

प्रकाशित मिति: १०:५५ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्