Kathmandu Press

युथ पार्लियामेन्टका अध्यक्ष अर्याल रिपोर्टस क्लव नेपालबाट पुरस्कृत

रिपोर्टर्स क्लब नेपालको २६ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको होटल एभरेष्टमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्लबका सभापति ऋषिराज धमलाले उनलाई ‘राष्ट्रिय सामाजिक प्रभाव पुरस्कार २०८०’ बाट संयुक्त रुपमा सम्मान गरेका हुन् । 
युथ पार्लियामेन्टका अध्यक्ष अर्याल रिपोर्टस क्लव नेपालबाट पुरस्कृत

काठमाडौं, चैत १८ : ग्लोबल युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्याल रिपोर्टस क्लव नेपालबाट पुरस्कृत भएका छन् । 

रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा काठमाडौंको होटल एभरेष्टमा आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र क्लबका सभापति ऋषिराज धमलाले उनलाई ‘राष्ट्रिय सामाजिक प्रभाव पुरस्कार २०८०’ बाट संयुक्त रुपमा सम्मान गरेका हुन् । 

Hardik ivf

अर्यालले विगत लामो समयदेखि युवाका क्षेत्रबाट समाजसेवामा निम्ति योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो । धादिङको ज्वालामुखी गाउँपालिका–४ मा ढोलामा जन्मिएका ३२ वर्षीय अर्यालको नेतृत्वका स्थापित ग्लोबल युथ पार्लियामेन्टमा हाल ८६ देशका २१ सयभन्दा बढी युवा जोडिएका छन्  । 

यस्तै उनकै सक्रियतामा ८० देशका एक हजारभन्दा बढी युवाले नेपाल भ्रमण गरिसकेका छन् । अर्याल यसअघि नेपाल सरकारले प्रदान गर्ने राष्ट्रिय युवा प्रतिभा सम्मान २०७९ र  ‘समाजसेवा रत्न २०७९’ बाट समेत विभूषित भईसकेका छन् । 

प्रकाशित मिति: ०८:२० बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्