Kathmandu Press

आज पनि मेघ गर्जन र चट्याङसहित वर्षा, गण्डकी र कर्णालीमा हिमपातको सम्भावना

विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसकारण आइतबार देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ । 
आज पनि मेघ गर्जन र चट्याङसहित वर्षा, गण्डकी र कर्णालीमा हिमपातको सम्भावना
Hardik ivf

काठमाडौं, चैत १८ : आज पनि देशका केही क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ । 

विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसकारण आइतबार देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहने छ । 

कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिक देखि मौसम मुख्यतया सफा रहनेछ । गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने देशभरका पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहितको वर्षाको सम्भावना रहेको छ ।  
 
प्रकाशित मिति: ०८:०३ बजे, आइतबार, चैत १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्