Kathmandu Press

संगठन निर्माणमा जुट्न नेता डा. महतको आग्रह

पछिल्लो समय पार्टीभित्र गुट र अनुशासनहीनताले पार्टी नेतृत्वले गरेको असल कामको प्रचार गलत रुपमा भइरहेको भन्दै पार्टी प्रतिनिधिले गरेका राम्रा कामको प्रचारमा लाग्न र गलत हुन खोजेमा खबरदारी गर्न प्रवक्ता महतले कार्यकर्तालाई निर्देशन दिए।
संगठन निर्माणमा जुट्न नेता डा. महतको आग्रह
फाइल तस्बिर।

नुवाकोट, चैत १७ : नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले कार्यकर्तालाई संगठन विस्तारमा जुट्न आग्रह गरेका छन्।

नुवाकोटको विदुरमा नेपाली कांग्रेस नुवाकोटको संगठन विभागले प्रकाशन गरेको ‘मार्गनिर्देश’ पुस्तक विमोचन गर्दै प्रवक्ता महतले पार्टीका गतिविधि वडा हुँदै गाँउटोलसम्म पु¥याउन निर्देशन दिए।

Hardik ivf

‘पार्टी सदस्य लिएकालाई सक्रिय बनाउन र नयाँलाई सदस्यता दिन वडादेखि जिल्ला तहसम्मका नेतातथा कार्यकर्ता गाँउगाँउमा पुग्नुपर्छ,’ उनले भने, ‘सदस्यता लिएकालाई पार्टीमा टिकाउन, उनीहरुको गुनासो सुन्न र समस्या समाधान गर्न पार्टी सदस्यलाई उनीहरुकै घरमा भेट्न जानसक्नुपर्छ।’

पछिल्लो समय पार्टीभित्र गुट र अनुशासनहीनताले पार्टी नेतृत्वले गरेको असल कामको प्रचार गलत रुपमा भइरहेको भन्दै पार्टी प्रतिनिधिले गरेका राम्रा कामको प्रचारमा लाग्न र गलत हुन खोजेमा खबरदारी गर्न प्रवक्ता महतले कार्यकर्तालाई निर्देशन दिए।

देशको शासन व्यावस्थाको सुधार, संविधान रक्षा र जनताका पक्षमा गर्नुपर्ने काममा कांग्रेसको योगदान विगतदेखि हालसम्म महत्वपूर्ण रहेको उनको भनाइ थियो।

‘पार्टी सरकारमा हुँदा होस वा नहुँदा, जनताको हितमा हुने राम्रो काममा कांग्रेस सधैँ सकारात्मक छ । हिजोका दिनमा जस्तै भोलिका दिनमा पनि जनपक्षीय काममा पार्टी लागि रहन्छ लाग्नुपर्छ,’ उनले भने।

उनले यसअघि आफू अर्थमन्त्री हुँदा बजेट विनियोजन गर्ने अभ्यासलाई लयमा ल्याउन र कमजोर अवस्थामा पुगेको अर्थतन्त्र सुधार गर्न सक्षम भएको बताए।

प्रकाशित मिति: २१:०६ बजे, शनिबार, चैत १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्