बागमती मन्त्रिपरिषद् विस्तार
एमालेबाट संसदीय दलका नेता जग्गनाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन्। उनले केहीबेरअघि प्रदेश प्रमुख यादव शर्माबाट पद तथा गोपनियताको शपथ लिएका छन्।
मकवानपुर, चैत १७ : मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक वाग्मती प्रदेशका मन्त्रिपरिषद् विस्तार गरेका छन्।
नयाँ गठबन्धन बनेसँगै मुख्यमन्त्री कट्टेलले दोस्रो पटक मन्त्रिपषिद विस्तार गरेका हुन्। यसअघि हाम्रो नेपाल पार्टीलाई सहभागी गराउँदै मन्त्रिपरिषद विस्तार गरेका उनले यो पटक एमालेलाई सरकारमा सामेल गराएश्र
एमालेबाट संसदीय दलका नेता जग्गनाथ थपलिया आर्थिक मामिला तथा योजनामन्त्री बनेका छन्। उनले केहीबेरअघि प्रदेश प्रमुख यादव शर्माबाट पद तथा गोपनियताको शपथ लिएका छन्।
थपलिया यसअघि निर्वाचनपश्चात् एमाले–माओवादी गठबन्धन हुँदा आर्थिक मामिलामन्त्री नै थिए।
प्रकाशित मिति: १९:५० बजे, शनिबार, चैत १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार