Kathmandu Press

राष्ट्रिय सहमतिको पहल गरिरहेको छु : प्रधानमन्त्री दाहाल

मुलुकका प्रमुख ६ पदहरुमा दलीय बाँडफाँट मिलेको भनाइ उनको थियो । सञ्चार क्षेत्रका हकमा उनले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए।
राष्ट्रिय सहमतिको पहल गरिरहेको छु : प्रधानमन्त्री दाहाल

काठमाडौं, चैत १७ : प्रधानमन्त्री पुष्पकमल दाहालले सबै राजनीतिक दलसँग राष्ट्रिय सहमति र समझदारीको वातावरण सृजनामा आफु जुटेको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवका अवसरमा शनिबार राजधानीमा आयोजित कार्यक्रममा उनले देशको प्रमुख नेतृत्वमा सबै पार्टीलाई समेटिएकाले कहीँ न कहीँ राष्ट्रिय सहमति कायम गर्ने गरी नै पहल गरेको दाबी गरे। सत्ता समीकरणका लागि गठबन्धन बनाउदा सबैलाई रिझाउने प्रयास गरेको उनले बताए।

Hardik ivf

‘मेरो कोसिस सकेसम्म सबै राजनीतिक दललाई सहमतिमा ल्याएर एउटा राष्ट्रिय सहमति र समझदारीको वातावरण बनाउनु नै हो। हुन त कहिलेकाहीँ नेपाली कांग्रेससँग नजिक हुँदा नेकपा एमालेका नेता साथीहरु र नेकपा एमालेसँग नजिक हुँदा कांग्रेसका साथीहरुलाई नमिठो लागेकै छ, त्यो कुरा मैले बुझेको छु,’ उनले भने, ‘तर, फेरि अहिले हामीले जेलाई बिग सिक्स भन्छौं, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष हामीले हे¥यो भने मलाई गर्व छ । कहीँ न कहीँ राष्ट्रिय सहमतिको वतावरण कायम गर्ने गरी नै हामीले पहल गरेका छौं।’

मुलुकका प्रमुख ६ पदहरुमा दलीय बाँडफाँट मिलेको भनाइ उनको थियो । सञ्चार क्षेत्रका हकमा उनले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए।  

सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्नेगरी आवश्यक संरचना र पूर्वाधार तयार गर्न सरकार लागिपरेको उनले उल्लेख गरे।

‘सञ्चारमाध्यम र सञ्चारकर्मीको प्रवर्धन, व्यावसायिक एवं संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता दिइने छ । आमसञ्चार माध्यममा सबै वर्ग, क्षेत्र, जाति, भाषा र समुदायको पहुँच बढाउनेगरी समावेशी लोकतान्त्रिक सूचना तथा सञ्चार नीति सरकारको प्राथमिकतामा छ,’ उनले भने।

राष्ट्रको बृहत्तर विकास तथा समृद्धिका लागि यसको सर्वव्यापी र निर्णायक महत्वलाई सबैले आत्मसात गर्नैपर्ने उनको भनाइ छ। प्रधानमन्त्री दाहालले आजको प्रमुख राजनीतिक कार्यभार प्राप्त राजनीतिक अधिकारहरू सुदृढ गर्दै संविधानको प्रगतिशील कार्यान्वयन सुनिश्चित गर्नु र त्यसको जगमा समाजवादउन्मुख समृद्धि हासिल गर्नु रहेको धारणा राखे।

प्रकाशित मिति: १८:०७ बजे, शनिबार, चैत १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्