‘आन्दोलनको नेतृत्वकर्ताहरुले नै लुटेर देशलाई खेक्रो बनाए’
उद्योग–धन्दा चौपट रहेको र ठूला–ठूला ओहोदाको व्यक्तिहरुले विदेशी नागरिकता लिएको भन्दै उनले यसमा सरकारले नै सहजीकरण गरेको आरोप लगाए।-1701082157.jpg)
काठमाडौं, चैत १७ : आम जनता पार्टीका अध्यक्ष प्रभु साहले हिजो आन्दोलनको नेतृत्व गरेकाहरुले नै देशलाई लुटेर खोक्रो बनाएकोले देश अहिले संकटको भूमरीमा परेको बताएका छन्।
रिपोर्टर्स क्लब नेपालको वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै साहले नेताहरुले सरकारी बजेट भागबण्डा गर्ने र देशको सम्पत्ति नेताहरुको निजी बनाउने गरेकाले देश संकटमा पुगेको बताए।
उद्योग–धन्दा चौपट रहेको र ठूला–ठूला ओहोदाको व्यक्तिहरुले विदेशी नागरिकता लिएको भन्दै उनले यसमा सरकारले नै सहजीकरण गरेको आरोप लगाए।
उनले भारत र चीनमा कर कम लिने तर विकास बढि हुने गरेको उदाहरण दिँदै नेपालमा भने भारत र चीनको भन्दा उल्टो काम भएको टिप्पणी गरे।अध्यक्ष साहले नेपालमा लिडरसिपको खडेरी देखिएको बताए।
प्रकाशित मिति: १७:४२ बजे, शनिबार, चैत १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












