गृहमन्त्रीमाथि छानविनको मागमा कांग्रेस कायमै छ : सचेतक थिङ
’हामी भोलि पदाधिकारी बैठक बस्छौं । कांग्रेसले कुन पोजिसन लिने, छानविन समिति गठन गर्ने कि नगर्ने, सदन चलाउने कि नचलाउने भन्ने विषयमा हामी भोलि छलफल गछौं।’
काठमाडौं, चैत १७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानविन गर्न संसदीय छानविन समितिको माग कायम राखेको छ।
शनिबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकहरुसँग गरेको छलफलमा छानविन समिति गठन गर्ने कि नगर्ने, सदन चलाउने कि नचलाउने भन्ने विषयमा भोलि(आइतबार) पदाधिकारी बैठक बसेर निर्णय गर्ने सुशीला थिङले जानकारी दिइन्।
गृहमन्त्रीका बारेमा संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै रहेको उनले बताइन्। उनले भनिन्,’हामी भोलि पदाधिकारी बैठक बस्छौं । कांग्रेसले कुन पोजिसन लिने, छानविन समिति गठन गर्ने कि नगर्ने, सदन चलाउने कि नचलाउने भन्ने विषयमा हामी भोलि छलफल गछौं।’
छलफलमा सदनमा कांग्रेसले राखेको मागका बिषयमा पदाधिकारी बैठकमा छलफल गर्ने सदनमा कसरी अघि बढ्ने भन्ने बिषयमा निष्कर्षमा पुगिने उनले बताइन्।












