Kathmandu Press

‘नयाँ समीकरण विरुद्धका घेरा तोड्ने लडाइँ जारी छ’

‘अहिले हामीले समाजवादी मोर्चा भनेर एउटा केन्द्रीकरण गर्ने कोसिस गरेका छौं। अहिले सरकारको नेतृत्व गर्दै जुन नयाँ समीकरण गरेको छु, त्यो रणनीतिक छ, दूरगामी छ । मेरो विश्वासमा क्रान्तिकारी पनि छ, जोखिम छ, चुनौती छ,’ प्रधानमन्त्री दाहालले भने।
‘नयाँ समीकरण विरुद्धका घेरा तोड्ने लडाइँ जारी छ’

काठमाडौं, चैत १७ : प्रधानमन्त्री पुष्पकमल दाहालले अहिले सरकारको नेतृत्व गर्दै थालेको नयाँ समीकरणले मात्र समाजवादको बाटो कोर्न सक्छ भन्ने विश्वासको साथ ‘जनयुद्ध’को बेलामा भन्दा धेरै खटेर अघि बढेको बताएका छन्।

शनिबार काठमाडौंमा माओवादीको ‘२४ औं जेल ब्रेक स्मृति दिवस’का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ समीकरण रणनीतिक, दूरगामी र क्रान्तिकारी भए तापनि धेरै जोखिम र चुनौतीपूर्ण रहेको बताए। नयाँ समीकरणका विरुद्धका लगातार घेरा तोड्ने लडाइँ जारी रहेको उनको भनाइ छ।

Hardik ivf

‘अहिले हामीले समाजवादी मोर्चा भनेर एउटा केन्द्रीकरण गर्ने कोसिस गरेका छौं। अहिले सरकारको नेतृत्व गर्दै जुन नयाँ समीकरण गरेको छु, त्यो रणनीतिक छ, दूरगामी छ । मेरो विश्वासमा क्रान्तिकारी पनि छ, जोखिम छ, चुनौती छ,’ प्रधानमन्त्री दाहालले भने।

प्रधानमन्त्री दाहालले देशभक्त वामपन्थी र कम्युनिष्टलाई एक ठाउँमा केन्द्रीत गर्न सके मात्रै नेपाली मौलिकता विशेषताको समाजवादको बाटो कोर्न सकिने बताए। उनले समाजवादको बाटो कोर्न आफू जनयुद्धमा भन्दा अघि धेरै खटेको बताए।

सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिन आवश्यक रहेको बताउँदै उनले राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाउने उल्लेख गरे।

‘माओवादी आन्दोलनलाई छिटोभन्दा छिटो एक ठाउँमा केन्द्रित गर्ने र सम्पूर्ण राष्ट्रवादी शक्तिलाई पनि एक ठाउँमा केन्द्रित गरेर नयाँ र मौलिक तवरले समाजवादी क्रान्ति अगाडि बढाइन्छ, यो आत्मविश्वास अहिले पनि नेतृत्वलाई छ,’ उनले भने।

निराशा बाँड्ने तथा पार्टी र नेतालाई गाली गरेर जिम्मेवारी पूरा नहुने उल्लेख गदै उनले सबैलाई एकताबद्ध भएर देश र जनताको पक्षमा उभिन आह्वान गरे।

 

प्रकाशित मिति: १७:१८ बजे, शनिबार, चैत १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्