Kathmandu Press

नागरिकता बिक्री प्रकरणमा दुई अधिकृत पुर्पक्षका लागि थुनामा

राईका अनुसार राजुका बाबु हरिभक्त गुरुङलाई पक्राउ पुर्जीको आदेश भएको हो। ‘खरेल तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा अधिकृत थिए भने अर्याल सुब्बा थिए,’ उनले भने।
नागरिकता बिक्री प्रकरणमा दुई अधिकृत पुर्पक्षका लागि थुनामा

काभ्रे, चैत १७ : जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एकजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ।

अदालतले सोही प्रकरणमा संलग्न अर्का एकजनालाई पक्राउ पुर्जी जारीको आदेश दिएको छ।

जिल्ला अदालत धुलिखेलमा शुक्रबार भएको थुनछेक बहसका क्रममा न्यायाधीश शिवकुमार पोखरेलको इजलासले नागरिकता बिक्री अभियोगमा पक्राउ परेका अधिकृतद्वय झपेन्द्रराज खरेल र रामचन्द्र अर्यालसहित नागरिकता खरिद गर्ने काठमाडौं महानगरपालिका–४ का ४० वर्षीय राजु गुरुङलाई थुनामा पठाउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार कर्णबहादुर राईले जानकारी दिए।

Hardik ivf

राईका अनुसार राजुका बाबु हरिभक्त गुरुङलाई पक्राउ पुर्जीको आदेश भएको हो। ‘खरेल तत्कालीन समयमा जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा अधिकृत थिए भने अर्याल सुब्बा थिए,’ उनले भने।

यसअघि गुरुङ बाबुछोरा हङकङ बस्दै आएका थिए। राजु गुरुङले अमेरिका जाने प्रयोजनका लागि काठमाडौँबाट लिएको सक्कली नागरिकताका साथै काभ्रेपलाञ्चोकबाट नागरिकता र राहदानी खरिद गरेका अनुसन्धानको क्रममा खेलेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकृत एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

सुन तस्करी प्रकरणमा पक्राउ परेका विदेशी नागरिकलाई नागरिकता दिएको अभियोगमा अधिकृतद्वय खरेल र अर्याल अनुसन्धानमा रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले गृह मन्त्रालयद्वारा गठित छानबिन समितिले दिएको निर्देशनअनुसार विदेशीलाई नागरिकता दिएको अभियोगमा अनुसन्धान गरिरहँदा गुरुङलाई नागरिकता बिक्री गरेको फेला परेपछि दुई अधिकृत पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठका अनुसार दुवै अधिकृतमाथि स्वदेशी र विदेशीलाई नागरिकता बिक्री गरेको अभियोग छ। प्रहरीले विदेशी नागरिक दावा छिरिङ भनिने निमा तामाङ भएको झुटो विवरण पेस गरी विसं २०७४ पुस २० गते नागरिकता दिलाएको सहित नौजनालाई नागरिकता बिक्री गरेको अभियोगमा अनुसन्धान जारी राखिएको उनले जानकारी दिए।

छिरिङ ठूलो परिमाणमा सुन तस्करीमा संलग्न रहेपछि प्रहरीले गत साउन १४ गते पक्राउ गरी केन्द्रीय कारागारमा राखेको छ।

अधिकृत खरेललाई यही चैत ३ गते सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाबाट र अर्याललाई गत फागुन २४ गते बागमती प्रदेशसभा सचिवालयबाट प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति: १६:१८ बजे, शनिबार, चैत १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्