Kathmandu Press

प्रमुख सचेतक र सचेतकसँग सभामुखको छलफल

छलफलपछि कांग्रेस सचेतक सुशिला थिङले चैत्र १८ देखि २१ गतेसम्म सदनको बैठक चल्ने र त्यसलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिइन्।
प्रमुख सचेतक र सचेतकसँग सभामुखको छलफल
फाइल तस्बिर।

काठमाडौं, चैत १७ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नयाँ कार्यतालिका अनुसार संसदको काम कारवाहीलाई सहज रुपमा अघि बढ्ने बातावरण बनाउन दलहरुसँग आग्रह गरेका छन्।

शनिबार सिंहदरबारमा संसदका प्रतिनिधित्व गर्ने दलका मुख्य सचेतक र सचेतकहरुसाग छलफल गर्दै सभामुख घिमिरेले सदनको अवरोध हटाई नयाँ कार्यतालिका अनुसार सदनलाई सहज रुपमा अघि बढाउने वातावरण बनाउन आग्रह गरेका छ्न।

Hardik ivf

छलफलपछि कांग्रेस सचेतक सुशिला थिङले चैत्र १८ देखि २१ गतेसम्म सदनको बैठक चल्ने र त्यसलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको जानकारी दिइन्। उनले राजनीति दलसम्बन्धी विधेयक विवादमा जोडिएकाले यसलाई २७ गतेको बैठकसम्मलाई सार्ने सहमति भएको बताइन्।

उनले बैठकमा सदनमा कांग्रेसले राखेको मागका बिषयमा पदाधिकारी बैठकमा छलफल गर्ने सदनमा कसरी अघि बढ्ने भन्ने बिषयमा निष्कर्षमा पुगिने जानकारी दिइन्। गृहमन्त्रीमा बारेमा संसदीय छानविन समिति बनाउनुपर्ने अडान कायमै रहेको उनको भनाइ छ।

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले कार्यतालिकालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको बताए। समितिको बैठक पनि मिति नै तोकेर कार्यतालिका बनाइने, समितिबाट पारित भएका विधेयकहरुलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने लगाएतका बिषयमा छलफल भएको उनले जानकारी दिए।

त्यस्तै एमाले मुख्य सचेतक महेश बर्तौलाले सदनलाई सहज रुपमा सञ्चालन गर्न प्रतिपक्षीले पनि उचित वातावरण बनाउनुपर्ने र सरकारले पनि सदनलाई विजनेश दिनुपर्ने बताए। उनले कांग्रेसले उठाएको विषयमा प्रधानमन्त्री जवाफ दिइसकेकाले राजनीतिक पूर्वाग्रह राख्न नहुने धारणा राखे।

त्यस्तै रास्वपा प्रमुख सचेतक सन्तोष परियारले गृहमन्त्रीको विषयमा उठेका विषयको जवाफ सम्बन्धीत व्यक्तिले जवाफ दिन पाउनुपर्ने र रास्वपा त्यसका लागि सदैव तयार रहेको बताए । उनले संसदको आगामी बैठक सहज ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे।

परियारले कार्यतालिका अनुसार संसदलाई अघि बढाउने विषयमा छलफल गरेको र राजनीति संवादका आधारमा अघि बढ्ने पनि बताए।

प्रकाशित मिति: १४:५१ बजे, शनिबार, चैत १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्