इलाम २ को उम्मेदवार चयन काठमाडौंको गोप्य कोठामा हुँदैन : गगन थापा
‘भोलि चुनाव जिताउने बेलामा उहाँहरु सबै जुट्नुपर्छ, उहाँहरु नै हो खट्नुपर्नै । त्यसैले उम्मेदवार छनोट गर्न पनि जिल्लाकै क्रियाशील साथीहरुलाई जिम्मेवारी दिनुपर्छ । इलामको उम्मेदवार इलामले नै चयन गरोस र जिताओस,’ उनले भने।-1711788098.jpg)
कपिलवस्तु, चैत १७ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलाम २ को उपनिर्वाचनका लागि कांग्रेसले पार्टी कार्यालयको गोप्य कोठामा बसेर उम्मेदवार छानेर गल्ती नगर्ने बताएका छन्।
शुक्रबार संवाद यात्राका क्रममा कपिलवस्तु लबनीमा खुला संवाद कार्यक्रममा बोल्दै महामन्त्री थापाले सानेपाको पार्टी कार्यालयमा सीमित व्यक्तिले उम्मेदवा।र छान्ने प्रक्रिया नै गलत छ भएको बताए।
‘उम्मेदवार बनाउँदा एक जना छान्दा अरुलाई अन्याय भयो भन्ने लाग्छ। कि भारतीय जनता पार्टीले जस्तो सर्भे विधिमा जानुपर्यो। चुनावभन्दा अघि एउटा टिम पठाएर सर्भे गर्ने विधि अपनाउनुपर्यो,’ उनले भने, ‘सर्भेले अलोकप्रिय ठहर्याएको व्यक्ति टिकट नपाउने व्यवस्था हुनुपर्यो । होइन भने जिल्लाकै साथीहरुले निर्णय गर्नुपर्छ । नत्र पार्टीको विधि र विधान अनुसार हुनुपर्छ,’ महामन्त्री थापाले भने।
वैशाख १५ गते हुने उपनिर्वाचनका लागि कांग्रेसबाट इलाम २मा सात जना आकांक्षी छन्। उनले इलामको उम्मेदवार काठमाडौंमा चयन गर्नु गलत भएको बताए।
‘भोलि चुनाव जिताउने बेलामा उहाँहरु सबै जुट्नुपर्छ, उहाँहरु नै हो खट्नुपर्नै । त्यसैले उम्मेदवार छनोट गर्न पनि जिल्लाकै क्रियाशील साथीहरुलाई जिम्मेवारी दिनुपर्छ । इलामको उम्मेदवार इलामले नै चयन गरोस र जिताओस,’ उनले भने।
अन्य सबै राजनीतिक दलहरुले उम्मेदवारको छिनोफानो गरेर चुनावी अभियान सुरु गरेपनि कांग्रेसले आधिकारिक उम्मेदवार चयन गर्न सकेको छैन् । गत भदौमा एमाले उपाध्यक्ष एवम उक्त क्षेत्रका प्रतिनिधि सभा सदस्य नेम्वाङको निधन भएपछि उप निर्वाचन हुन लागेको हो ।












