त्रिशूलीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

धादिङ, चैत १७ : काठमाडौंबाट गोरखा जाँदै गरेको ट्याक्सी मुग्लिन नजिकै त्रिशूली नदीमा खस्दा पाँच जनाको मृत्यु भएको छ।
आज बिहान सवा ७ बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको सिमलधारा नजिक बा २ ज ४१९६ नम्बरको उक्त ट्याक्सी सडकबाट त्रिशूली नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी सूर्यबहादुर थापाका अनुसार दुर्घटना स्थलबाट पाँच जनाको शव फेला परेको छ तर, परिचय खुलेको छैन।
‘एक बालिका सहित दुइ महिला र दुई पुरुषको शव भेटिएको छ, ट्याक्सीमा कतिजना सवार थिए सो बारे हामी यकिन गर्दै छौं’ थापाले भने।
प्रकाशित मिति: ०७:५५ बजे, शनिबार, चैत १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












