Kathmandu Press

त्रिशूलीमा ट्याक्सी दुर्घटना : मृतक ५ जनाको सनाखत, एक जना अझै वेपत्ता

मृत्यु हुनेमा गोरखा नगरपालिका–४ फिनाम की ७० वर्षीया जुनकुरी रोका, हरिमाया रोका, याङ्कोटककी २८ वर्षीया अन्जना रोका, चालक गोरखाकै ३५ वर्षीय अर्जुन सिर्मल र ८ वर्षीय आगमन उपरकोटी रहेको प्रहरीले जनाएको छ।
त्रिशूलीमा ट्याक्सी दुर्घटना : मृतक ५ जनाको सनाखत, एक जना अझै वेपत्ता

धादिङ, चैत १७ : त्रिशूलीमा ट्याक्सी खसेर मृत्यु भएका पाँचै जनाको सनाखत भएको छ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा२ ज ४१९६ नम्बरको ट्याक्सी आज बिहान इच्छाकामना–५ नाग्दी खोला पुल नजिकैबाट त्रिशूलीमा खसेको थियो। सो दुर्घटनामापाँच जनाको मृत्यु भएको थियो।

Hardik ivf

मृत्यु हुनेमा गोरखा नगरपालिका–४ फिनाम की ७० वर्षीया जुनकुरी रोका,  हरिमाया रोका,  याङ्कोटककी २८ वर्षीया अन्जना रोका, चालक गोरखाकै ३५ वर्षीय अर्जुन सिर्मल र ८ वर्षीय आगमन उपरकोटी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गोरखाकै फिनामका विवश रोका वेपत्ता भएको प्रहरीले जनाएको छछ। उनको खोजी कार्य भइरहेको छ।

प्रकाशित मिति: ११:२८ बजे, शनिबार, चैत १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्