Kathmandu Press

‘भौतिक संरचना र प्राविधिक व्यवस्थापनले मात्रै गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छैन’

‘भौतिक पूर्वाधार र दक्ष जनशक्ति व्यवस्थापन सरकारले गर्छ, गुणस्तरीय सेवाको लागि प्रतिबद्धता देखाउने जिम्मेवारी स्वास्थ्यकर्मीको हो,’ उनले भने।
‘भौतिक संरचना र प्राविधिक व्यवस्थापनले मात्रै गुणस्तरीय स्वास्थ्य सेवा सम्भव छैन’

धनुषा, चैत १६ : उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले भौतिक संरचनाको निर्माण र प्राविधिक व्यवस्थापनले मात्रै गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नरहेको बताएका छन्।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको प्रादेशिक अस्पताल जनकपुरमा नवनिर्मित बर्थिङ सेन्टर उद्घाटन गर्दै उपप्रधानमन्त्री यादवले भौतिक संरचना र प्राविधिक व्यवस्थापनले मात्रै गुणस्तरीय स्वास्थ्य सेवा सम्भव नभएको भन्द्र त्यसका लागि प्रतिबद्ध हुन स्वास्थ्यकर्मीलाई निर्देशन दिए।

Hardik ivf

दक्ष जनशक्तिको प्रतिबद्धताले मात्र गुणस्तरीय स्वास्थ्य सेवा सम्भव रहेको उल्लेख गर्दै उनले चिकित्सकहरुलाई सोहीअनुरुप सेवामा जुट्न निर्देशन दिए। ‘भौतिक पूर्वाधार र दक्ष जनशक्ति व्यवस्थापन सरकारले गर्छ, गुणस्तरीय सेवाको लागि प्रतिबद्धता देखाउने जिम्मेवारी स्वास्थ्यकर्मीको हो,’ उनले भने।

स्वास्थ्यमन्त्री यादवले मधेश प्रदेशले छिट्टै स्वास्थ्यको क्षेत्रमा फड्को मार्नेमा विश्वस्त रहेको बताए। उलने जनकपुर, राजविराज र वीरगन्जमा स्वास्थ्यका ठूला परियोजनाका लागि काम भैरहेको जनाए।

स्वास्थ्य लगायतको क्षेत्रमा अमेरिकी सहयोगको लागि अमेरिका सरकार र त्यहाँको जनतालाई धन्यवाद दिँदै उपप्रधानमन्त्री यादवले एमसीसीमार्फत भैरहेको विकास निर्माणको चर्चा पनि उनले गरेका थिए।

ए एस इन्डो प्यासिफिक कमान्ड र अमेरिकी राजदूतावासको सहयोगमा करिब ६ करोडको लागतमा निर्मित ७५ बेडको बर्थिङ सेन्टरको निर्माण भएको हो । उक्त सेन्टरको शिलान्याससमेत २०१८ नोभेम्बर १९ उपप्रधानमन्त्री यादवले नै गरेका थिए।

प्रकाशित मिति: २०:४९ बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्