Kathmandu Press

सेनाको नीतिगत व्यवस्था तथा संस्थागत प्रयासको अध्ययन गरिने

उनले नेपाली सेनामा विद्यमान नीतिगत व्यवस्था तथा संस्थागत प्रयासहरूको कार्यान्वयनका दौरान देखिएका व्यवहारिक पक्षहरूको सम्बन्धमा समन्वयात्मक बैठकबाट प्राप्त राय सुझावलाई अध्ययन गरी सम्बोधन गर्न सम्बन्धित विभागहरूलाई निर्देशन दिए।
सेनाको नीतिगत व्यवस्था तथा संस्थागत प्रयासको अध्ययन गरिने

काठमाडौं, चैत १७ : जंगी अड्डामा सञ्चालित दुई दिने केन्द्रीय तहको प्रमुख सुबेदार÷जेष्ठ सुबेदार समन्वयात्मक बैठक सम्पन्न भएको छ। प्रधानसेनापति प्रभुराम शर्माले उक्त बैठक शुक्रबार समापन गरेका हुन्।

कार्यक्रममा सहभागीहरूलाई सम्बोधन गर्दै शर्माले प्रमुख सुबेदार र जेष्ठ सुबेदारहरू युनिट तथा सब–युनिटहरुका सबैभन्दा पुराना र अनुभवी व्यक्ति भएकाले युनिट तथा सब–युनिटहरुको संस्कृति र परम्परा कायम राख्न थप जिम्मेवार र संवेदनशील हुनुपर्ने बताए।

Hardik ivf

प्रमुख सुबेदार तथा ज्येष्ठ सुबेदारहरूले प्रदर्शन गर्ने व्यवसायिक क्षमताले नै समग्रमा संस्था सक्षम र सबल हुने हुँदा आगामी दिनमा थप उत्साहजनक प्रयासगरी पल्टनको युद्धकार्य तयारीपन, अनुशासन, बन्दोबस्ती तथा कल्याणकारी लगायतका क्षेत्रहरूमा नतिजामुखी उपलब्धि हासिल गर्न निर्देशन पनि दिएका छन्।

Photo-(1)(40)-1711724101.JPG

उनले नेपाली सेनामा विद्यमान नीतिगत व्यवस्था तथा संस्थागत प्रयासहरूको कार्यान्वयनका दौरान देखिएका व्यवहारिक पक्षहरूको सम्बन्धमा समन्वयात्मक बैठकबाट प्राप्त राय सुझावलाई अध्ययन गरी सम्बोधन गर्न सम्बन्धित विभागहरूलाई निर्देशन दिए।

बिहीबार बलाधिकृत रथी अशोकराज सिग्देलले उद्घाटन गरेका समन्वयात्मक बैठकको समापन कार्यक्रममा रथीवृन्द, अधिकृत तथा बैठकका सहभागी ९० जना प्रमुख सुबेदार र जेष्ठ सुबेदारहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: ०७:४४ बजे, शनिबार, चैत १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्