Kathmandu Press

‘सबै मन्त्रालयले महिला सशक्तीकरणका लागि बजेट छुट्याउनुपर्छ’

उनले ७५३ वटै पालिकामा महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने र नेपालको संविधान र कानुनले व्यवस्था गरेको हक अधिकारको कार्यान्वयनमा ध्यान दिन सबैलाई आग्रह गरिन्।
‘सबै मन्त्रालयले महिला सशक्तीकरणका लागि बजेट छुट्याउनुपर्छ’
फाइल तस्बिर।

काठमाडौ, चैत १७ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले सबै मन्त्रालयले आधाभन्दा बढी जनसङ्ख्या भएका महिलाको सशक्तीकरणका लागि बजेट छुट्याउनुपर्ने बताएकी छिन्।

संयुक्त राष्ट्रसंघ नेपाल, ग्लोबल कम्प्याक्ट नेपाल, युन वुमनलगायतले संयुक्तरूपमा आयोजना गरेको ‘लैंगिक समानताका लागि रिङ द बेल’ कार्यक्रममा उनले महिला आर्थिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा पछाडि परेको हुँदा सबै मन्त्रालयले बजेट छुट्याउनुपर्ने बताइन्।

Hardik ivf

‘महिला सशक्तीकरणका लागि मन्त्रालयले ४२ प्रतिशत बजेट छुट्याएको छ,’ उनले भनिन्, ‘५१ दशमलव चार प्रतिशत महिलाको जनसङ्ख्या छ, महिलालाई सबै मन्त्रालयले बजेट छुट्याउन जरुरी छ।’

उनले ७५३ वटै पालिकामा महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने र नेपालको संविधान र कानुनले व्यवस्था गरेको हक अधिकारको कार्यान्वयनमा ध्यान दिन सबैलाई आग्रह गरिन्।

मन्त्री चौधरीले ६९ प्रतिशत साक्षरता दर भएको र अझै साक्षरता दर बढाउनका लागि सबै निकायले ध्यान दिन अनुरोध गर्दै मुलुकको विकास र सामाजिक न्यायका लागि महिलामा लगानी जरुरी भएको बताइन्।

प्रकाशित मिति: ०७:१२ बजे, शनिबार, चैत १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्