Kathmandu Press

भाजपाका पूर्वमहासचिव राम माधव भन्छन्– नेपालको लोकतन्त्रविरुद्ध कसैले षड्यन्त्र गर्न सक्दैन

पूर्वमहासचिव नेपालको लोकतन्त्र सफल बनाउने जिम्मेवारी नेपालीहरुकै भएकाले यसमा कसैले पनि षड्यन्त्र र हस्तक्षेप गर्न नसक्ने बताए।
भाजपाका पूर्वमहासचिव राम माधव भन्छन्– नेपालको लोकतन्त्रविरुद्ध कसैले षड्यन्त्र गर्न सक्दैन
Hardik ivfHardik ivf

काठमाडौं, चैत १६ : भारतीय जनता पार्टीका पूर्व महासचिव राम माधवले नेपाल र भारतले दुवै देशका भाषा, संस्कृति र सभ्यताको पुनरूत्थानका लागि सहकार्य गर्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजना गरिएको तीन दिवसीय नेपाल–भारत संस्कृत सम्मेलनको समापन समारोहमा उनले नेपाल र भारत लोकतन्त्र भएका देश भएकाले भारत सदैव नेपालको लोकतन्त्रको सफलता चाहने बताए।

पूर्वमहासचिव  नेपालको लोकतन्त्र सफल बनाउने जिम्मेवारी नेपालीहरुकै भएकाले यसमा कसैले पनि षड्यन्त्र र हस्तक्षेप गर्न नसक्ने बताए।
 
‘यहाँ कस्तो शासन व्यवस्था चाहिन्छ ? यसको निर्णय यहाँका मानिसले नै गर्नुपर्छ। हामी साझा संस्कृति र साझा विरासतका मानिस हो। यो राजनीतिक विषय नै होइन,सभ्यताको विषय हो,’ उनले भने, ‘एउटै सभ्यताका व्यक्ति भएको नाताले हामीले एकआपसमा मिलेर काम गर्नुपर्छ । यो संम्प्रभुताको विषय होइन।’

२७ मार्च देखि २९ सम्म सञ्चालित सम्मेलन नीति अनुसन्धान प्रतिष्ठान, नेपाल, इन्डिया फाउण्डेशन र केन्द्रीय संस्कृत विश्वविद्यालयको संयुक्त संयोजनमा सञ्चालन भएको हो।

प्रकाशित मिति: १८:३८ बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्