Kathmandu Press

बाँदरको बन्ध्याकरण विधि सिकेर फर्कियो नेपाली विशेषज्ञ टोली

हिमाञ्चल प्रदेशमा बाँदरलाई समातेर बन्ध्याकरण गर्दा सफलता पाएपछि समिति र भारतीय दूतावासको सक्रियतामा पहिलो चरणमा १० जना पशु चिकित्सक र ५ जना रेञ्जरले तालिम लिए।
बाँदरको बन्ध्याकरण विधि सिकेर फर्कियो नेपाली विशेषज्ञ टोली
फाइल तस्बिर।

काठमाडौं, चैत १६ : नेपाली पशु प्राविधिकहरु भारतमा बाँदर नियन्त्रणको उपाय सिकेर फर्किएका छन्।

देशैभरका किसान पीडित भइरहेको बेला भारतको हिमाञ्चल प्रदेशमा सफल मानिएको बाँदर नियन्त्रणको प्रभावकारी विधि बन्ध्याकरणको अभ्यास सिकेर नेपाली टोली स्वदेश फर्किसकेको छ।

Hardik ivf

नेपाली टाली संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको पहलमा भारत गएको थियो। हिमाञ्चल प्रदेशमा बाँदरलाई समातेर बन्ध्याकरण गर्दा सफलता पाएपछि समिति र भारतीय दूतावासको सक्रियतामा पहिलो चरणमा १० जना पशु चिकित्सक र ५ जना रेञ्जरले तालिम लिए।

हिमाञ्चलको सिम्लामा तालिम लिएर फर्किएका सुक्लाफाँटा राष्ट्रिय निकुञ्जका रेञ्जर पुरनदेव मिश्रका भारतमा कानूनमा नै व्यवस्थित हुँदा सजिलो भएको बताए। यस्तै, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द चितवनका डा.बब्लु ठाकुरले भारत भ्रमण प्रभावकारी भएको बताए।

नेपाल र हिमान्चलको भूगोल मिल्दोजुल्दो भएको, बाँदरको समस्या उस्तै रहेकाले त्यसको व्यवस्थापनमा नेपालमा पनि समस्या नहुने सुनाए। हिमाञ्चलममा चार पाँच बर्षको अवधिमा १ लाख ८६ हजार बाँदरको अप्रेसन गरिसकेको उनले बताए।

डा. ठाकुरले यसको नियन्त्रण वा व्यवस्थापनका लागि नीतिगत वा कानूनी सुधारलाई नेपालले पहिलो प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।
 
वन ऐन २०४९, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कुनै पनि वन्यजन्तु लखेट्न, मार्न, पक्रन, दुःख दिने वा सो प्रयत्न गर्नेलाई कसुर हेरी १० हजार रुपियाँयासम्म जरिवाना वा दुई वर्ष कैद वा दुवै सजाय हुने व्यवस्था भएकाले त्यसमा संशोेधन गर्नु जरुरी रहेको उनले बताए।

बाँदर व्यवस्थापनमा विश्वमा पहिलो पटक हिमाञ्चल प्रदेशले अभ्यास गरेको भ्रमण टोलीका सदस्यहरुको भनाइ थियो । बन्ध्याकरण वा अप्रेसन गर्ने विधि विश्वकै नयाँ भएकाले नेपालमा यस्तो अभ्यास गर्न सकिने उनीहरुको दाबी छ ।
भारत भ्रमणबाट अप्रेसन विधि, बाँदर समाउने तरिका र प्रक्रियागत रुपमा बाँदर राख्न आफूहरुले सिकेको टोलीका सदस्यहरुको भनाइ छ।

बजेटको स्रोत जुटाउन सक्दा र कानूनी व्यवधानहरु हटाउन सके नेपालमा बाँदर व्यवस्थापन गर्न सकिने उनीहरुको विश्वास छ।

प्रकाशित मिति: १८:२९ बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्