खुमबहादुर खड्का विकासप्रेमी, मिलनसार र जनताले रुचाएका नेता हुनुहुन्थ्याे : देउवा
शुक्रबार दाङको लमही नगरपालिका–९ अमिलियामा कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय खुम बहादुर खड्काको शालिक अनावरण गर्दै देउवाले देशका लागि काम गर्न खोज्दा खड्कामाथि झुठो मुद्दा लगाएर फसाउन खोजिएको बताएका हुन्।
दाङ, चैत १६ : नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले कांग्रेस पूर्वमहामन्त्री स्वर्गीय खुमबहादुर खड्कालाई विगतमा झुटाे मुद्दा लगाएर फसाउन खोजिएको बताएका छन्।
शुक्रबार दाङको लमही नगरपालिका–९ अमिलियामा कांग्रेसका पूर्वमहामन्त्री स्वर्गीय खुम बहादुर खड्काको शालिक अनावरण गर्दै देउवाले देशका लागि काम गर्न खोज्दा खड्कामाथि झुठो मुद्दा लगाएर फसाउन खोजिएको बताएका हुन्।
उनले स्वर्गीय नेता खड्का विकासप्रेमी, मिलनसार र जनताले रुचाएका नेता भएको स्मरण गरे। देउवाले खड्काले छाडेर गएका बाँकी कामलाई पूरा गर्ने दायित्व आफुहरु सबैको भएको बताए।
खड्काको भारतको दिल्लीस्थित अपोलो अस्पतालमा उपचारको क्रममा २०७४ साल चैत १६ गते निधन भएको थियो।
प्रकाशित मिति: १७:३६ बजे, शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार