विप्लव भन्छन्- माओवादी केन्द्रसँग एकताको बहस चलिरहेको छ
शुक्रबार काठमाडौंमा आयोजित पार्टी ध्रविकरण कार्यक्रममा विप्लवले पार्टीले सवै कम्युनिष्टसंग एकतालागि प्रयास गरिरहेको र माओवादी केन्द्रसंग पनि एकताको बहस भइरहेको जानकारी दिए।
काठमाडाैं, चैत १६ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी केन्द्रसँग एकताको बहस चलिरहेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित पार्टी ध्रविकरण कार्यक्रममा विप्लवले पार्टीले सवै कम्युनिष्टसंग एकतालागि प्रयास गरिरहेको र माओवादी केन्द्रसंग पनि एकताको बहस भइरहेको जानकारी दिए।
उनले दुई तिहाई बढी जनताले स्वीकार गरेको कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गरेर मुलुकको समाजवादी बिकासमा अघि बढनुपर्ने धारणा राखे।
विप्लवले समाजवादीमा मोर्चाभित्र पनि कम्युनिष्टहरुलाई एकपटक जनताप्रति फर्काउनुपर्छ भन्नेमा एकमत रहेको जिकिर गरे। त्यस्तै उहाले मुलुकको परिवर्तनमा योगदान गरेको जनयुद्धलाई अवमूल्यन गर्ने काम भएको भन्दै सत्यकुरालाई ढाकछोप गरेर जनतालाई भ्रमित गर्ने कामलाई संयमतापूर्वक चूनौति दिनुपर्ने बताए।
उनले जनयुद्धमा सहभागी दलहरु एक भएर अहिलेको अवस्थाका बारेमा समिक्षा गर्ने बेला आएको समेत बताए।