Kathmandu Press

संस्थागत विद्यालयको नाम नेपालीमा राख्न महानगरको ‘अल्टिमेटम’ 

महानगरपालिकाअन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरुको नाम नियमावलीमा भएको व्यवस्था बमोजिम नभएको भनाइ महानगरको छ।
संस्थागत विद्यालयको नाम नेपालीमा राख्न महानगरको ‘अल्टिमेटम’ 
Hardik ivf

काठमाडौं, चैत १६ : काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको ‘अल्टिमेटम’ दिएको छ। 

महानगरपालिकाले सार्वजनिक सूचनै निकालेर निजी विद्यालयको नाम नेपालीकरण गर्न भनेको हो। महानगरले विहीबार सूचना जारी गर्दै शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भएअनुसार नेपालीपन झल्कने गरी विद्यालयको नाम राख्न भनेको हो। 

महानगरपालिकाअन्तर्गतका अधिकांश संस्थागत विद्यालयहरुको नाम नियमावलीमा भएको व्यवस्था बमोजिम नभएको भनाइ महानगरको छ। नेपालीपन झल्किने गरी विद्यालयको नाम राखेर विद्यालय व्यवस्थापन समितिको निर्णयसहित निवेदन दिन भनिएको छ। 
 

प्रकाशित मिति: १७:१५ बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्