Kathmandu Press

पर्यटन बोर्ड कार्यकारी समितिमा तीन सदस्य नियुक्त, अरू यस्ता छन् मन्त्रिपरिषदका निर्णय

प्रवक्ता रेखा शर्माले कार्यकारी समितिको रिक्त सदस्य पदमाऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको जानकारी दिइन्।
पर्यटन बोर्ड कार्यकारी समितिमा तीन सदस्य नियुक्त, अरू यस्ता छन् मन्त्रिपरिषदका निर्णय

काठमाडाैं, चैत १६ : सरकारले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त सदस्य पदमा तीन जनालाई नियुक्त गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले कार्यकारी समितिको रिक्त सदस्य पदमाऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको जानकारी दिइन्।

Hardik ivf

बैठकले आर्थिक वर्ष २०८१/८२ को लागि प्रदेश र स्थानीय तहलाई उपलब्ध गराउने राजश्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम अनुमानित राजश्व सात प्रदेशको लागि रु. ७७ अर्ब ५० करोड, स्थानीय तहका लागि रु. ७७ अर्ब ५० करोड स्वीकृत गरेको छ भने वित्तीय समानीकरण अनुदानको परिमाण सात प्रदेशको लागि रु. ६० अर्ब र स्थानीय तहहरूको लागि रु.८८ अर्ब स्वीकृत गरिएको उनले बताइन्।

बैठकले विकास आयोजनाका लागि प्रयोग हुने राष्ट्रिय वनको क्षेत्रफल र कटान हुने रुख संख्यामा फरक नपर्ने गरि राष्ट्रिय वनको जग्गा प्रयोग गर्न दिनेसम्बन्धी सर्त परिमार्जन गर्न स्वीकृति दिएको छ भने प्रशासन सेवा समूहिकरणतर्फको राजपत्राङ्कीत विशिष्ट श्रेणीको रिक्त सचिव पदमा हरिप्रसाद लम्साललाई बढुवा गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिए।

त्यस्तै बैठकले सरकारे आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ। 

प्रकाशित मिति: १७:११ बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्