Kathmandu Press

गाडीले किचेर आँगनमा बसिरहेका दुई जनाको मृत्यु

धादिङ, फागुन १३ : राति आँगनमा बसिरहेका बेला पार्किङ गर्न आएको गाडीले किचेर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गल्छी ....

गाडीले किचेर आँगनमा बसिरहेका दुई जनाको मृत्यु

धादिङ, फागुन १३ : राति आँगनमा बसिरहेका बेला पार्किङ गर्न आएको गाडीले किचेर दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

गल्छी गाउँपालिका–५ सागिनेमा आइतबार राति बा २० च ६२२१ नं.को बोलेरो जिपले किचेर गल्छी गाउँपालिका–५ की ४६ वर्षीया कान्छी तामाङ र वडा नं. ४ की ३५ वर्षीया जमुना भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, जमुनाको घटनास्थलमै र कान्छीको उपचारका क्रममा मृत्यु भएको हो ।

गल्छी गाउँपालिका–५ कै ३६ वर्षीया धनकुमारी तामाङ घाइते भएकी छन् । उनको पाटन अस्पतालमा उपचार भइरहेको छ ।

घटनापछि गाडी चालक भागेका छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १०:१५ बजे, सोमबार, फागुन १३, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्