Kathmandu Press

राष्ट्रियसभामा उठेका विषयमा जवाफ दिन सम्बन्धित मन्त्रीलाई अध्यक्ष दाहालको निर्देशन

सभाको आजको बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरूले विकास निर्माणका साथै र विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएपछि अध्यक्ष दाहालले सो निर्देशन दिएका हुन्। 
राष्ट्रियसभामा उठेका विषयमा जवाफ दिन सम्बन्धित मन्त्रीलाई अध्यक्ष दाहालको निर्देशन
Hardik ivf

काठमाडौं, चैत १६ : राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाको प्रादेशिक सरोकार समयमा उठाएका विषयबारे सम्बन्धित मन्त्रीलाई सभामा उपस्थित भई जवाफ दिन निर्देशन दिएका छन्।

सभाको आजको बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै सांसदहरूले विकास निर्माणका साथै र विभिन्न समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएपछि अध्यक्ष दाहालले सो निर्देशन दिएका हुन्। 

प्रादेशिक सरोकार समयमा उठाएका विषयका सम्बन्धमा राष्ट्रियसभा नियमावली, २०७५ को नियम १५ (क) को उपनियम ३ को व्यवस्थाबमोजिम सम्बन्धित मन्त्रीले सभामा उपस्थित भई जवाफ दिन सरकारलाई निर्देशन दिइएको हो।

प्रकाशित मिति: १७:०२ बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्