Kathmandu Press

सुदूरपश्चिम सरकार छाड्न नाउपा संसदीय दलका नेतालाई अध्यक्षकाे निर्देशन

सुदूरपश्चिम सरकारमा नाउपाका पाँच मन्त्री छन्। 
सुदूरपश्चिम सरकार छाड्न नाउपा संसदीय दलका नेतालाई अध्यक्षकाे निर्देशन

काठमाडौं, चैत १६ : नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश सरकार छाड्न संसदीय दलका नेतालाई निर्देशन दिएकी छन्।

सुदूरपश्चिम सरकार छाड्न प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीलाई शुक्रबार लिखित निर्देशन दिइएकाे हाे।

Hardik ivf

चैत १४ गते कैलालीकाे टीकापुरमा बसेको पार्टी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले सोही बमोजिम सरकारबाट बाहिर आउन पत्रमार्फत निर्देशन दिएकी हुन्। निर्देशन उल्लंङन गरे पार्टी विधान आकर्षित हुने उनले जनाएकी छन्।

सुदूरपश्चिम सरकारमा नाउपाका पाँच मन्त्री छन्। 

प्रकाशित मिति: १६:५५ बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्