Kathmandu Press

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

सांसद गुरुङको निलम्बन फुकुवा भएसँगै प्रतिनिधि सभामा कांग्रेसको एक सिट बढेको छ।
कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं, चैत १६ : सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा हुने फैसला गरेको छ। 

सांसद गुरुङको निलम्बन फुकुवा भएसँगै प्रतिनिधि सभामा कांग्रेसको एक सिट बढेको छ। मनाङबाट निर्वाचित सांसद गुरुङले सभामुख, संघीय संसद् सचिवालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विपक्षी बनाउँदै गत फागुन ११ गते सर्वोच्चमा रिट दायर गरेका थिए।

Hardik ivf

सर्वोच्चका न्यायाधीशद्वय डा.मनोजकुरमा शर्मा र विनोद शर्माको संयुक्त इजलसले गुरुङको पक्षमा आदेश जारी जारी गरेको हो। 

संसद सचिवालयका तत्कालिन महासचिव डा.भरतराज गौतमले एक सूचना जारी गर्दै सांसद गुरुङले भ्रष्टाचार गरेको सम्बन्धी मुद्दा विशेष अदालतमा विचाराधीन रहेको बताउँदै निलम्बन भएको जानकारी गराएपछि उक्त कार्य अवैध रहेको बताउँदै गुरुङले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।

सर्वोच्चको संयुक्त इजलासले निलम्वन फुकुवा हुने आदेश सुनाए पनि लिखित प्रति भने आउन बाँकी छ।  
 

प्रकाशित मिति: १६:४७ बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्